नेपालबाट बाहिरियो मनसुन
मेरोन्यूज
२०८० असोज २८ गते १६:४४

काठमाडौं । नेपालबाट मनसुन बाहिरिएको छ। सरदर १३ दिन ढिला गरेर मनसुन बाहिरिएको हो ।
यस वर्ष गत जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो। नेपालभरि फैलन एक साता लागेको थियो।
‘यस वर्ष मनसुन आज मिति २०८० असोज २८ गतेका दिन नेपालबाट बाहिरिएको छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिला बाहिरिएको छ,’ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।
यस वर्षको मनसुन १ सय २४ दिन नेपालमा सक्रिय रहेको विभागले जानकारी दिएको छ।
आजबाट मनसुन बाहिरिए पनि सोमबारबाट पश्चिमी वायु सक्रिय हुने विभागले जानकारी दिएको छ।
भोलिबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका केही भागमा बदली, मेघ गर्जनरचट्याङसहित हल्का वर्षा र उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

सम्बन्धित
















पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
संसद्मा प्रधानमन्त्रीको पहिलो सम्बोधन- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ
प्रतिक्रिया