पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

वीरगञ्ज । हिन्दु धर्मावलम्बीको महान चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ ।
राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । वर्तमान परिस्थितिलाई आँकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए ।
यसअघि नेपालगञ्ज, धरान, सर्लाहीलगायत छिमेकी जिल्लामा भएका घटनालाई लिएर पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको हो । हिन्दूहरूको मठमन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई स्टेसनको निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ ।
चाडपर्वमा अधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेलमेट प्रयोग नगर्ने, रातिको समयमा मादकपदार्थ सेवन गरेर हिँड्ने तथा सीमावर्ती जिल्ला बारा पर्सामा भारतीय सवारी साधनको आवतजावतसमेत बाक्लो हुने गर्दछ ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया