विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन यातायात मजदुर पक्राउ

विराटनगर । विराटनगरमा २५ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू यातायात मजदुर हुन्।
पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका(११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन्। १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार ती युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार भएको थियो। घटनामा संलग्नहरु आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए।
खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।














नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया