एनआरएनएको ११औँ महाधिवेशन राष्ट्रपतिद्धारा उद्घाटन
मेरोन्यूज
२०८० असोज ३० गते ११:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनको उद्घाटन गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार विहान महाधिवेशन उद्घाटन गरेका हुन् ।
मंगलबारदेखि काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।
महाधिवेशनमा मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ । यस्तै नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।
एनआरएनए अध्यक्षका लागि चारजनाले उमेदवारी दिएका छन् ।
वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् ।
एनआरएनएको ११औँ महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।
सम्बन्धित


















विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया