विश्वकप क्रिकेट : नेदरल्याण्डससँग दक्षिण अफ्रिका ३८ रनले पराजित

काठमाडौँ । नेदरल्याण्डसले जारी आइसीसी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो ।
नेदरल्याण्डसले दिएको २४६ रनको लक्ष्य पछाएको खेलमा दक्षिण अफ्रिका ४२।५ ओभरमा अल आउट हुदै २०७ रन मात्र बनाएपछि नेदरल्याण्डसले खेल ३८ रनले जितेको थियो ।
यसअघि नेदरल्याण्डसले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाउदै २४५ रन बनाएको थियो । बर्षाले प्रभावित भएपछि यो खेल ४३(४३ ओभर खेलाइएको थियो ।
योसँगै यस विश्वकप दोस्रो ठुलो उलटफेर भएको छ । यसअघि अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन ईङल्याण्डलाई पराजित गरेको थियो भने यस खेलमा नेदरल्याण्डसले बलियो मानिएको दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।
यस अघि लागातार दुई खेलमा हार बेहोरेको नेदरल्याण्डसको यो यस विश्वकपमा पहिलो जित हो । यो जितपछि नेदरल्याण्डसको ३ खेलमा २ अंक भएको छ । त्यसैगरी दक्षिण अफ्रिकाको ३ खेलमा ४ अंक रहेको छ ।
अब यो खेलपछि श्रीलंकामा लागातार तीन खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।
















शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया