पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न

काठमाडौं । नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ ।
गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज ¥यालीजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो ।
उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो हुन सफल भएका थिए । आयोजकले माइलेजका बिजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो ।
उक्त माइलेज टेस्ट एनओजी राइडमा राइडरहरू बीच विभिन्न खेलहरु खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र र उपहारहरु पनि प्रदान गरिएको थियो ।
करिब ५० जना राइडरहरु सहभागि भएको उक्त माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
साथै, उक्त राइडमा प्राबिधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया