कोशीमा मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वासको मत नदिने
मेरोन्यूज
२०८० कार्तिक १ गते १४:४१

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने बताएका छन्।
बुधबार प्रदेश सभामा बोल्दै विश्वासको मत नदिने जानकारी दिँदै यो सरकार सुरक्षित नरहेको बताए।
‘सबै दलले मत दिने भएपछि हामी रिक्त प्रतिपक्षको ठाउँमा बस्छौं,’ उनले भने, ‘राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’ उनले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकोले विपक्षमा मतदान गर्ने बताए।
‘हामी तरवारको धारमा छौं। होसियारका साथ सरकार चलाउनुहुनेछ भन्ने आशा छ,’ उनले भने, ‘प्रदेशको स्थिरता अहिलेको चासोको विषय हो।’
कोशीमा राप्रपाका ६ जना सांसद छन्।
सम्बन्धित
















Election as per NCP’s demand: Coordinator Dahal
राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
2 in cardiac arrest after military helicopter crashes in S. Korea
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
‘जादु टुना’ शैलीले विकास सम्भव छैन : गगन थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया