उपभोक्तालाई कम परिणाम बेचेपछि सशस्त्रको पेट्रोल पम्प सिलबन्दी
मेरोन्यूज
२०८० कार्तिक १ गते १८:००

काठमाडौँ । उपभोक्तालाई कम परिणाममा तेल बेचेपछि काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिलबन्दी गरिएको छ।
प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।
बुधबार सशस्त्रको पेट्रोल पम्पसहित चारवटा पेट्रोल पम्प सिल गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले सिलवन्दी गरेको हो।
र्यापिड रेस्पोन्स टिमले मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा पम्पमा सिल गरेको जनाएको छ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया