मधेशमा ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको शुरुवात

महोत्तरी । मधेस प्रदेशको जिम्मेवारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिवासमा ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ अन्तर्गत सीमा सुरक्षाको महत्व तथा सीमा अपराध नियन्त्रणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सिमावर्ती ईलाकाका कार्यालय प्रमुखहरु, मधेश प्रदेशको नेपाल–भारत अन्तराष्ट्रिय सिमा जोडिएका १४३ वटा वडाका अधिकांश वडाअध्यक्षहरु लगायत सरोकारवालाहरुको सहभागिता थियो ।
कार्यक्रममा डिआइजी शाहले सशस्त्र प्रहरीलाई राज्यद्धारा प्रद्धत्त कार्यादेश मध्ये देशको अन्तर्राष्टिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए । उनले सशस्त्र प्रहरीले मधेश प्रदेशका नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा जोडिएका १४३ वटा वडाका वडा अध्यक्षहरुको संयोजकत्वमा सीमा सहजिकरण समिति गठन गरी कार्य प्रारम्भ भइरहेको र यसलाई थप प्रभावकारी बनाउन ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम आरम्भ गरेको जानकारी गराए ।
कार्यक्रममा सीमा सुरक्षाको महत्व तथा सीमा अपराध, विभिन्न प्रकारका विपद्जन्य घट्ना सम्बन्धी जनचेतनामूलक कक्षा संचालन, दशगजा ईलाका तथा सीमा स्तम्भहरुको अनुगमन, सीमा अपराधसम्बन्धी अन्तरक्रिया, लागु औषध नियन्त्रण, सामाजिक तथा विकासका कार्यहरु सञ्चालन, स्वास्थ्य शिविर तथा सीपमुलक तालिम संचालनलगायतका कार्यक्रम सञ्चालन गरिने नीति रहेको उनले बताए ।
सिमामा बसोबास गर्ने नागरिक एक असल सिमा रक्षक रहेको उनको भनाइ थियो । उनले सीमावर्ती क्षेत्रमा सदियौं देखि चलिआएको रीति रिवाज संस्कारलाई ध्यान दिंदै राज्य प्रदत्त जिम्मेवारी निर्वाह गर्नु पर्ने आवश्यकता रहेको र त्यो स्थानीयको सहयोगबिना असम्भव रहेको शाहले बताए । नागरिकसँग निरन्तर सम्पर्क र समन्वयले सीमा सुरक्षा व्यवस्थापन, मजबुद एवम् प्रभावकारी हुने उनले बताए ।
कार्यक्रममा सिमा क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुबाट सिमा सुरक्षा व्यवस्थापनमा भएको समन्वय र सहकार्यको प्रशंसा गर्दै नेपाल सरकारले सीमा स्तम्भ मर्मत गर्ने जिम्मा सशस्त्र प्रहरीलाई प्रदान गरेको र सो कार्य यही कार्तिक महिनाबाट शुरु हुने जानकारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकदाहालले दिएका थिए ।


















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया