गृहमन्त्रीलाई चीनमा माइल्ड हर्टअट्याक, अस्पताल भर्ना
मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा देखिएको अवरोध खुलाइयो, निगरानीका लागि आईसीयूमा

काठमाडौं । चीनको राजधानी बेइजिङमा आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को सम्मेलनमा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।
उनलाई गएराती छातीमा समस्या देखा परेपछि अस्पताल भर्ना भएका हुन् ।
‘उहाँ (श्रेष्ठ) लाई राती छाती दुख्ने समस्या देखा पर्यो, त्यसपछि अस्पताल लगिएको हो,’ स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले भने,–‘उहाँको अहिले बेइजिङमा रहेको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचार भईरहेको छ ।’
बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका थिए ।
मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल कार्यक्रममा श्रेष्ठले बुधबार ‘कि नोट स्पिच’ दिएका थिए ।
त्यस अवरसमा उनले हरित विकासप्रतिको नेपालको प्रतिबद्धता दोहोर्याउँदै लचिलो र दिगो आर्थिक वृद्धिको लागि हरित विकास अपरिहार्य भएको बताएका थिए ।
त्यसपछि उनलाई राती १ बजे स्वास्थ्यमा समस्या देखा परेको छ । त्यसपछि उनलाई अस्पताल लगिएको हो ।
चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए । हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया