विमानस्थल भित्र पसलले लिन पाउने मूल्यको सीमा तोक्न निरौलाको संयोजकत्वमा समिति

काठमाडौं । देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरुले लिन पाउने मूल्यको सीमा तोक्न नेपाल नागरिक उड्डयन प्राधिकरणले उच्चस्तरीय समिति गठन गरेको छ ।
प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा समिति गठन गरिएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
समितिले १५ दिनभित्र उठेका विषयको कानुनी पाटो समय टुङ्ग्याउने जिम्मेवारी पाएको छ ।
विमानस्थल भित्रका पसलको मूल्य बाहिर बजारको तुलनामा महँगो रहेको भन्दै उपभोक्ताबाट पटक पटक गुनासो आइरहेको थियो । त्यसैक्रममा केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अनुगमन गर्दा कतिपय पसलमा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेको पाइएको थियो । त्यसपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न भनेको थियो ।
विमानस्थलभित्र प्राधिकरणले तोकेको मूख्यमा भाडा तिर्नुपर्ने, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने भएकाले बाहिरकै बजारको मूल्य राख्दा त्यसले गुणस्तरमा पर्ने प्रभाव समेतको अध्ययन गरी सीमा तोक्न अध्ययन समिति गठन गरिएको प्राधीकरणले जनाएको छ ।
‘विमानस्थललाई बजार क्षेत्र मान्ने कि नमान्ने भन्ने विवाद छ, एमआरपी बाहिरकै मूल्यमा राख्दा गुणस्तर कसरी मेन्टेन गर्नेसहितका नीतिगत विषय टुङ्ग्याउन समिति गठन भएको छ,’ प्रवक्ता भुलले भने ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया