खाद्य संस्थानले घटायो खसीबोका र च्याङ्ग्रा मूल्य, अबको मूल्य कति ?
मेरोन्यूज
२०८० कार्तिक २ गते १९:४९

काठमाडौँ । नेपाल खाद्य संस्थानले विजयादशमीका लागि खसी, बोका तथा च्याङ्ग्रा विक्रीका लागि तोकेको मूल्य घटाएको छ ।
संस्थानले सूचना जारी गर्दै खसीबोकामा प्रतिकिलो २० र च्याङ्ग्रामा प्रतिकिलो ३५ रूपैयाँ घटाएको हो ।
अब ग्राहकले खसीबोका जिउँदो प्रतिकिलो ६६० र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२३५ मा पाउँने छन् । त्यसमा १० प्रतिशत छुटको व्यवस्था पनि कायमै रहेको संस्थानले जनाएको छ ।
संस्थानले असोज २९ गते सूचना जारी गर्दै जिउँदो खसी बोका ६८० रुपौयाँ प्रतिकिलो र च्याङ्ग्रा १२६० रुपौयाँ प्रतिकिलोमा विक्रि वितरण गर्ने मूल्य निर्धारण गरेको थियो । त्यो मूल्यलाई आज परिमार्जन गरिएको हो
सस्थानले प्रादेशिक कार्यालय थापाथलीबाट ३० असोजबाट खसी बोका र च्याङ्ग्रा विक्रि गरिरहेको छ ।
आज परिमार्जित मूल्य भोलिबाट लागूहुने छ ।

सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया