सरकारले पोर्चुगल, स्पेनसहित ४ देशसँग श्रम सम्झौता गर्ने

काठमाडौँ । सरकारले पोर्चुगल, स्पेनसहित चार देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको जनाएको छ ।
श्रममन्त्री शरतसिंह भण्डारीले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको बताए । त्यसका लागि दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको बताए ।
रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेर फर्किएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अब श्रमिकको लागि यूरोपको ढोका खुलेको बताए ।
सरकारले हालै मात्रै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ति देशसँग गरिएको सम्झौतापछि मन्त्रालयले अन्य देशहरूसँग समेत सम्झौताको प्रक्रिया अगाडि बढाएको हो ।
‘हामीले अब स्पेन, पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशहरूसँग पनि समझदारी गरेर अगाडि बढ्न लागिरहेका छौँ । त्यसका लागि दुवै देशको तर्फबाट आवश्यक गृहकार्य अघि बढेको छ,’ मन्त्री भण्डारीले भने ।
पछिल्लो समय नेपालीहरूले खाडी तथा मलेसियासँगै यूरोपका विभिन्न देशहरूलाई श्रम गन्तव्य बनाउँदै गएका छन् । जसले गर्दा सरकारलाई ती देशहरूसँग सम्झौता गरेर अघि बढ्ने बाटो खुलेको हो ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया