नक्कली टिकट बनाएर दसैँमा घर जाने यात्रु ठग्ने पाँच जना काठमाडौँबाट पक्राउ

काठमाडौँ । दसैँमा घर फर्कने यात्रुलाई नक्कली टिकट बनाएर ठग्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले यात्रुबाट बढी भाडा असुलेको पनि प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँच जनालाई पक्राउ गरेको जानकारी दिएको छ । दसैँको बहानामा सर्वसाधारणबाट बढी भाडा असुल गरेको, यात्रुलाई अनावश्यक दुःख दिएको र नक्कटी टिकट बनाएर यात्रुलाई ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले मकवानपुरको हेटौँडा स्थायी घर भई काठमाडौं बस्ने सन्देश श्रेष्ठ र काठमाडौंका रोहित लामालाई यात्रुबाट बढी भाडा असुलेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नक्कली टिकट बनाएर यात्रुलाई ठगेको पाइएपछि महोत्तरीको बर्दिबासका अनिल बुढाथोकी, काठमाडौंका राजकुमार डंगोल र कोटेश्वरका कमल सार्कीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
दसैँको समयमा यात्रुबाट बढी भाडा असुल गर्ने, नक्कली टिकट बेच्ने, यात्रुलाई दुःख दिने र विभिन्न ढंगले ठग्नेलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले टोली परिचालन गरेको छ।
















सोमबारको राशिफल, कुन राशिका लागि शुभ रहला आजकाे दिन ?
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया