चिनी किलोको ११५ रुपैयाँभन्दा बढी लिए उजुरी गर्न वाणिज्य विभागको आग्रह

काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनीको मूल्य किलोको ११५ रुपैयाँभन्दा बढी लिएमा जानकारी दिन उपभोक्तालाई आग्रह गरेको छ । वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले किलोको ११५ रुपैयाँभन्दा बढी लिए विभागमा उजुरी दिन उपभोक्तालाई आग्रह गरेका छन् ।
काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।
उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार र्संघले जनाएको छ । संघका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले बुधबार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाइएको जानकारी दिए ।
बिहीबार ३ सय ८२ बोरा चिनी गएको छ । थप चिनी आज बजारमा जाने उनले बताए । उनका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका संघका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ ।
बजारमा चिनीको अभाव भएपछि चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो ।
विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार संघले चिनी बिक्री गर्न थालेको हो ।
















कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
ICC T20 World Cup Global Qualifiers: Ireland trounces Thailand
441 polling stations in Karnali Province are highly sensitive
इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया