राष्ट्रसंघका महासचिव गुटेरेसले कार्तिक १४ मा संघीय संसद्मा सम्बोधन गर्ने

काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद् बैठकलाई सम्बोधन गर्ने मिति तय भएको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार महासचिव गुटेरेसले कात्तिक १४ गते बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने मिति तय भएको हो। उनले बैठकलाई अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिसकेकाे छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
गुटेरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणका कार्यक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।
















सोमबारको राशिफल, कुन राशिका लागि शुभ रहला आजकाे दिन ?
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया