कुशल र दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृखलाअन्तर्गतको खेलमा नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।
शनिबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले शतकीय साझेदारी गरे । कुशल मल्लले ९२ रनको योगदान गरे । त्यस्तै दीपेन्द्रले ५७ रन बनाए । उनले ३४ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए ।
नेपालले ५५ रनमै चार विकेट गुमाएर खराब सुरुवात गरेकाे थियाे । त्यसपछि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले नेपालको पाली सम्हालेका थिए । उनीहरुले एक सय ४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
नेपालले गत बिहीबार हङकङलाई ६ विकेट र गत बुधबार यूएईलाई ७ विकेटले हराएको हो।
आइतबार हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदै छ भने पर्सि सोमबार नेपाल र यूएई तथा बुधबार हङकङ र यूएई भिड्दै छन्।
















पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया