मलाह समुदायको पेसा सङ्कटमा

इनरुवा । माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ ।
जिल्लाको ठूलादेखि साना जलाशयमा माछा पालन हुन थालेपछि मलाह समुदायको पेसा सङ्कटमा पर्न थालेको हो ।
ती समुदायका मानिसहरु सप्तकोशी नदीसँगै विभिन्न नदी तथा खोला र जलाशयमा माछा मारेर छाक टार्दै आएका थिए । सुनसरी कोसी–३ का गुलाबी मुखियाले खोलामा माछा पाउन छाडेपछि पेसा थप सङ्कटमा पर्न थालेको बताए ।
वर्षभरि नै नदी, खोला र विभिन्न जलाशयमा माछा मारेर जीविकोपार्जन गर्दै आएकामा पछिल्लो समय सप्तकोसी नदीसँगै विभिन्न खोला तथा जलाशयमा माछा नपाउँदा हातमुख जोड्नका लागि कठिनाइ आएको उनको भनाइ छ ।
माछा मारेर पाँचदेखि १० जनासम्मको परिवार चलाउँदै आएका मलाह समुदायका मानिसले अहिले आएर माछा पाउनका लागि मुस्किल हुने गरेकाले थप समस्या हुने गरेको रामजी मलाहले बताए ।
पहिले बेलौलना (काटी), चेचरा, कुस्राह, राजबाम, ढले, सिंही, मुङ्गरी, गरैलगायतका विभिन्न जातका माछा पाउँदै आएकामा अहिले आकलझुकल मात्र पाउने गरेका कारणले थप समस्या हुने गरेको मलाह सञ्जालका अध्यक्षसमेत रहेका गुलाबी मुखियाको भनाइ छ ।
















कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया