सोमबार, माघ २६, २०८२

घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु

मेरोन्यूज २०८० कार्तिक ५ गते २१:४२

सुर्खेत । दैलेखमा घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु भएको छ ।

घाँटीमा मासु अड्केर आइतबार नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको हो ।

घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा अड्किएको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार विक मुटु र किड्नीका राेगी थिए ।

प्रतिक्रिया