सोमबार, माघ २६, २०८२

दोलखामा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

मेरोन्यूज २०८० कार्तिक ७ गते १०:४६

दोलखा । दोलखामा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु ६ जना घाइते भएका छन्।

बिगु गाउँपालिका–२ ओराङमा बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना परेको हो।

दुर्घटनामा परी बिगु-२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङको घटनास्थलमा मृत्यु भएको भएको ईलाका प्रहरी कार्यालय सिंगटीकाले जनाएको छ ।

दुर्घटना घाईते भएका छ जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घुम्ती काट्ने क्रममा जिप दुर्घटना भएको हाे ।

प्रतिक्रिया