पेस्तोलसहित जनकपुरधामबाट एक किशोरी पक्राउ
मेरोन्यूज
२०८० कार्तिक ८ गते ८:२३

जनकपुरधाम। सशस्त्र प्रहरीले पेस्तोलसहित जनकपुरधामबाट एक किशोरीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी अन्दाजी १६ वर्षीया छोरी पूजा कुमारी सहनी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे पक्राउ गरिएको हो ।
रेल्वे सुरक्षा बेस जनकपुरधामबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा एक थान कटुवा पेस्तोलसहित उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।
उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित














नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया