गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो- राष्ट्रसंघ
मेरोन्यूज
२०८० कार्तिक ८ गते ११:१६

काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भइरहेको इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच हमलाप्रति निन्दा गरेको छ ।
राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले यी दुई समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् । उनले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताए ।
इजरायली अधिकारीहरूले महासचिव गुटेरेसको यस सम्बोधन प्रति आपत्ति जनाउँदै उनले राजिनामा दिनुपर्ने बताएका छन् । इजरायलले उनको भाषणलाई ‘अपमानजनक’ भनेको छ ।
गाजामा इजरायली आक्रमणमा हालसम्म कम्तीमा ५ हजार बढी प्यालेस्टाइनीको ज्यान गइसकेको छ । त्यहाँ आक्रमण र बम विष्फोट गर्ने कार्य जारी छ ।
त्यस्तै हमासले गरेको आक्रमणमा इजरायलमा १४ सयभन्दा बढीको ज्यान गएको छ ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया