हङकङसँग यूएई पराजित, तर नेपालसँग फाइनल खेल्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा यूएईलाई हङकङले ६९ रनले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको सहयोगमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।
हङकङका लागि कप्तान निजाकत खान ९ रनमा आउट भए । ३३ रन जोड्दा पहिलो विकेट गुमाउको हङकङका लागि दोस्रो विकेटकोरुपमा मार्टिन कोएट्जी र अन्शुमन रथले १०६ रनको साझेदारी गरेका थिए ।
कोएट्जीले सर्वाधिक ८६ रनको योगदान गरे । यसै सिरिज मार्फत डेब्यू गरेका कोएट्जीको यो पहिलो टी–ट्वान्टी आई अर्धशतक हो । अन्शुमन रथले ४१ रन बनाए । २० बलमा ६० रनको विस्फोटक इनिङ्स खेलका बाबर हायत अविजित रहे । यूएईका लागि निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले समान एक विकेट लिए ।
२१३ रनको विसाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । कप्तान मोहम्मद वसमि पहिलो आभरमै एहसान खानको बलमा व्याक्तिगत ३ रनमा बाबर हायातको हातबाट क्याच आउट भए । भृत्य अरविन्द ७ रन बनाएर रन आउट भए । आसिफ खान डकआउट हुँदा यूएई ३ ओभर २ बलमा ३ विकेट गुमाएर १९ रनको दयनीय अवस्थामा पुगेको थियो ।
चौंथौं विकेटका लागि खालिद शाह र अलिशान शराफुले ५१ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाले । शराफु ३० रनमा अन्शुमान रथको बलमा क्याट आउट भए । खालिद शाहले ३५ रन बनाए । निलान्स केसवानी ३१ र बसिल हमिद ३० रनमा अविजित रहे । छौठौं विकेटका लागि केसवानी र हमिदले ६२ रनको साझेदारी गर्दा हङकङ यूएईलाई १२६ रनमा रोक्न असमर्थ रह्यो । सोही कारण समान १-१ जित भए पनि यूएई फाइनल पुगेको हो ।
अब युएइ समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ ।















काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य
Gold, silver prices increase
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया