विश्वकप क्रिकेट : नेदरल्याण्ड्समाथि अष्ट्रेलियाकाे कीर्तिमानी जित

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि कीर्तिमानी जित हासिल गरेको छ ।
दिल्लीको अरुण जेट्ली स्टेडियममा बुधबार भएको खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि ३०९ रनको कीर्तिमानी जित हात पारेको हो ।
अस्ट्रेलियाबाट ४०० रनको लक्ष्य पाएको नेदरल्याण्ड्स ९० रनमै अल आउट भयो । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा रनका आधारमा जितेको यो सबैभन्दा फराकिलो अन्तर हो ।
यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियन टोलीले अफगानिस्तानलाई दुई सय ७५ रनले हराएको थियो ।
नेदरल्यान्ड्सका लागि ओपनर बिक्रमजित सिंहले सर्वाधिक २५ रन बनाएका थिए । बाकीँ कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको थियाे ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४४ बलमा १०६ रन बनाए । उनले ४० बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका छन् । विश्वकपको इतिहासमा कम बलमा शतक प्रहार गर्ने कीर्तिमान म्याक्सवेलले राखेका हुन् ।
त्यस्तै डेभिड वार्नरले ९३ बलमा १०४ रन बनाए । उनको यो विश्वकपमा छैटौँ शतक हो । एकै विश्वकपको दोस्रो शतक हो ।
त्यसैगरी स्टेभेन स्मिथले ७१ तथा मार्कस लबुसचांगेले ६२ रन जोडे ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया