विश्वकप क्रिकेट : ईङल्याण्ड र श्रीलंका भिड्दै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज ईङल्याण्ड र श्रीलंकाबीच खेल हुँदै छ । बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुन लागेकाे हाे ।
जारी क्रिकेट विश्वकपमा ईङल्याण्ड र श्रीलंकाले ४-४ खेलमा एक एक जित हासिल गरेका छन् भने दुवैले ३-३ खेलमा हार बेहोरेका छन् ।
दुवै देशमा ३-३ खेल हारेपछि अब यो खेलमा जितको दबाब रहेको छ । डिफेन्डिङ च्याम्पियन ईङल्याण्डले यस विश्वकपमा लय गुमाएको छ भने श्रीलंकाको प्रदर्शन पनि सन्तोषजनक रहेको छैन ।
ईङल्याण्ड र श्रीलंकाबीच अहिलेसम्म ७८ एकदिवसीय खेल भएको छ । जसमा ईङल्याण्डले ३८ खेल जितेको छ भने श्रीलंकाले ३६ खेलमा जित हासिल गरेको छ । त्यसैगरी ३ खेलको कुनै नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।
अष्ट्रेलियाको सम्भावित प्लेइङ ११: डेभिड वार्नर, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, जोश इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), जोश हेजलवुड र एडम जाम्पा ।
श्रीलंकाको सम्भावित प्लेइङ ११: कुसल मेन्डिस (कप्तान), कुसल परेरा, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, महीश थिकक्षना, दुनिथ वेलालगे, मथीसा पथीराना, लाहिरु कुमारा र दिलशान मधुशानका ।
















लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया