नेपाल–भारत सिमा नाकामा कडाइ गरिने

वीरगञ्ज । नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी/पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागुऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपाराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए ।
यस्तै बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताए । भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई मध्यनजर गरी सिमाक्षेत्रको सुरक्षा प्रबन्धलाई चुस्तदुरुस्त बनाउने र दुवै मुलुकका सुरक्षा अधिकारीबीच सहकार्य गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ रेग्मीको भनाइ छ । बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए ।
दसैँमा २२ दुर्घटना हुँदा दुईको मृत्यु, ३८ घाइते
पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यही कात्तिक ४ गतेदेखि कात्तिक ७ गते विजयादशमीको चार दिनको अवधिमा भएको सवारी दुर्घटनामा सो सङ्ख्यामा मानवीय क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।
सो अवधिमा पर्सा जिल्लामा २३ वटा मोटरसाइकल, सात वटा काररजीप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तीन वटा अटो रिक्सा दुर्घटना भएको प्रहरी निरीक्षक खतिवडाले बताए । उनका अनुसार सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएको तीन सय ६२ सवारीसाधनमा कारबाही गरी जरिवानाबापत रु तीन लाख ५७ हजार राजस्व सङ्कलन भएको छ ।
लागुऔषधसहित युवक पक्राउ
ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले पोखराका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ निवासी ४० वर्षीय रवीन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेकोग १ ख ९६२६ नं को सार्वजनिक यात्रुबाहक बसलाई वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा जाँच गर्ने क्रममा केसीले बसको चालक बस्ने सिटमुनी सेतो झोलामा कालो प्लास्टिकको झोलाभित्र पत्रिकामा सेतो टेपले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद् भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
पक्राउ परेका साथबाट फेनारगन ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र आइपीपीएल नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल लागुऔषध बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
















गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
इटालीमाथि स्कटल्याण्ड ७३ रनले विजयी
नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया