दशैंपछिको पहिलो कारोबार दिनमा नेप्सेमा २८.१८ अंकको गिरावट

काठमाडौँ । दशैं पछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा झरेको छ। नेप्से परिसूचक आइतबार साढे १ प्रतिशत घटेको हो ।
साताको पहिलो कारोबार दिन नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ५.१६, फ्लोट इण्डेक्स १.९५ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक घटेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। दसैँअघिको अन्तिम कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएको बजारमा आज २८३ स्टकको ३३ हजार ९६४ पटकको कारोबारमा ७३ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको २७ लाख ४ लाख हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य सर्वाधिक ८.९९ प्रतिशत बढेको छ। सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने घलेम्दी हाइड्रो र बिपिडब्लु लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।
आजदेखि कारोबारमा आएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ३५० रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको शेयरमूल्य आज ३५ रुपैयाँ ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्स्योरेन्सको २ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया