नागरिक एपमा ड्राइभिङ लाइसेन्स देखाउँदा ट्राफिकले मान्ने

काठमाडौं । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिने भएको जानकारी दिएको छ ।
यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको केन्द्रका जनाएको छ । ‘ट्राफिकले जाँचका क्रममा कारबाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्सले काम गर्दैन,’ एक अधिकारीले भने, ‘तर, सक्कल लाइसेन्स नबोकेको अवस्थामा देखाउनका लागि मात्रै हो भने नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि हुन्छ ।’
सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लंघनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदैछ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ ।
सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया