राजविराजमा पन्ध्र दिने मेला सुरु

सप्तरी । दसैँ तथा शुभदिपावलीको अवसरमा पन्ध्र दिने सांस्कृतिक, पर्यटन तथा कृषि व्यापार मेला सोमबारदेखि सुरू भएको छ ।
राजविराजस्थित राजरङ्गशाला खेलमैदानमा सप्तरी युथ नेपालले आयोजना गरेको सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउन ३० भन्दा बढी स्टल रहेको सप्तरी युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिए ।
मेलासँगै सांस्कृतिक कार्यक्रम तथा रोटे पिङ्ग, ब्रेक डान्स, नाचसहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धनसम्बन्धी स्टल रहने मेला समिति संयोजक सतेन्द्र यादवले बताए । यसैगरी मेलामा मिथिलाको संस्कृति, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सवका साथै विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल पनि रहेको छ ।
मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयोजक यादवले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने बताए । मेलामा हरेक दिन विभिन्न ब्याण्डको प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना हुने उनको भनाइ थियो ।
















२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया