श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा अफगानिस्तानले श्रीलंकामाथि शानदार जित हासिल गरेको छ । साेमबार भएकाे खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको २४२ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
अफगानिस्तानको जितमा अज्मतुल्लाह ओमारजाईले अविजित ७३ रन बनाएका थिए भने रहमत शाहले ६२, कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५८तथा इब्राहिम जद्रानले ३९ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंका ४९.३ ओभरमा अल आउट हुदै २४१ रन बनाएको थियो ।
श्रीलंकाका लागि पाथुम निसान्काले सर्बाधिक ४६ रन बनाएका थिए भने कप्तान कुशल मेन्डिसले ३९, सादीरा समाराविक्रमाले ३६, महीश थिक्सनाले २९, एन्गेलो म्याथ्युजले २३, चारिथ असलंकाले २२ रन बनाएका थिए ।
त्यसैगरी अफगानी बलर फजलहक फारुकीले ४ विकेट लिए भने मुजीब उर रहमानले २ तथा अज्मतुल्लाह ओमरजाइ र राशिद खानले एक एक विकेट लिए ।
अफगानिस्तानको यस विश्वकपमा यो तेस्रो जित हो । अफगानिस्तानले यसअघि डिफेन्डिङ च्याम्पियन ईङल्याण्ड र पाकिस्तानलाई पराजित गरेको थियो ।
जितपछि अफगानिस्तानको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक हासिल गर्दै पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी श्रीलंकाको भने ६ खेलमा ४ हार र २ जितसहित ४ अंक रहेको छ ।
















शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया