टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । जारी टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपालले मलेसियाको सामना गर्दै छ । खेल टियु क्रिकेट मैदानमा अपराहन्न १:१५ बजेदेखि शुरु हुने छ ।
सोमबारदेखि शुरु भएको विश्वकप छनौटमा नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग पराजित भएको छ । सोमबार भएको खेलमा मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।
त्यसैगरी आज समुह ‘ए’ का ओमान र सिंगापुर टियु मैदानमा बिहान ९ बजेदेखि खेल्दै छन् भने समुह ‘बि’ का बहराइन र हङकङ मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि खेल्दैछन् ।
त्यस्तै समुह ‘बि’ का कुवेत र युएई अपराहन्न १:१५ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्दै छन् ।
आगामी अक्टोबर ३० देखि नोभेम्बर ६ सम्म अर्थात कार्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।
नेपालले पहिलो खेल कार्तिक १३ गते सोमबार सिंगापुरसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने भएको छ ।
नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् ।
















ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया