सोमबार, माघ २६, २०८२

सेनाबारे जथाभावी बोल्ने खनाल पक्राउ

मेरोन्यूज २०८० कार्तिक १४ गते १८:११

काठमाडौं । सामाजिक सञ्जालमा नेपाली सेनाबारे जथाभावी बोलेको भन्दै प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायले जानकारी दिए ।

उनले सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर खनाललाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए ।

रायले खनाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको बताए ।

प्रतिक्रिया