सिन्हा अवकाशमा गएपछि सर्वोच्चमा सात न्यायाधीश पद रिक्त

काठमाडौं । सर्वोच्च अदालतमा सात न्यायाधीश पद रिक्त भएको छ । बुधबारबाट तेस्रो वरियतामा रहेका न्यायाधीश अनिलकुमार सिन्हा अनिवार्य अवकाशमा गएपछि सात न्यायाधीश पद रिक्त भएका हुन् ।
प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको सर्वोच्चमा ७ न्यायाधीश रिक्त भएसँगै एक तिहाइ न्यायाधीशको पद रिक्त भएको छ ।
उमेर हदका कारण अनिवार्य अवकाशमा गएका न्यायाधीश सिन्हालाई सर्वोच्च अदालतले औपचारिक कार्यक्रम गर्दै मंगलबार बिदाइ गरेको छ । कार्यक्रममा सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अनिवार्य अवकाशमा गएका सिन्हालाई बिदाइ गरे ।
सिन्हा सात वर्षअघि २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । २०१५ साल कात्तिक १५ गते जन्मिएका सिन्हा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।
सर्वोच्चमा तत्कालीन प्रधानन्यायाधीश प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायाधीश टंक मोक्तान, तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश दीपक कार्की, तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जवरा, तत्कालीन न्यायाधीश मिरा खड्का, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अनिवार्य अवकाशमा गएपछि रिक्त भएको न्यायाधीश सिफारिस भएको छैन ।
अब सर्वोच्चमा प्रधानन्यायाधीशसहित १४ जना मात्रै न्यायाधीश छन् ।
















नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया