इजरायल-प्यालेस्टाइन हिंसाको निन्दा गर्दै सेलेना गोमेजले लिइन् सामाजिक सञ्जालबाट ब्रेक
मेरोन्यूज
२०८० कार्तिक १५ गते ९:५१

काठमाडौं । अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जालमा अत्याधिक फलो हुने सेलिब्रेटी हुन्। उनको इन्स्टाग्राममा करिब ४३ करोड फलोअर्स छन् ।
यसैबीच उनले सामाजिक सञ्जालबाट ब्रेक लिएकी छिन् । सेलेनाले एक पोस्ट सेयर गर्दै यो जानकारी दिएका हुन् । उनले इजरायल–प्यालेस्टाइन हिंसाका कारण सामाजिक सञ्जालबाट ब्रेक लिएको बताएकी छन् ।
‘विश्वमा घृणा र हिंसा भइरहेको देख्दा मेरो मन दुख्छ । जसरी मानिसहरूलाई यातना दिइन्छ र मारिन्छ, यो सबै निकै डरलाग्दो छ। हामी सबैलाई बचाउन एकजुट हुनै पर्छ- विशेषगरी बच्चाहरूलाई। म निर्दोष मानिसहरूलाई यसरी चोट लागेको देख्न सक्दिन। यस्ता कुराले मलाई भित्रैबाट कमजोर बनाइदिन्छ । कास म याे संसार बदल्न सक्थेँ।’ उनले लेखेकी छिन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया