माधवकुमार नेपाल भन्छन् : व्यवस्थामाथि प्रश्न गर्ने अधिकार कसैलाई छैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई इङ्कित गर्दै व्यवस्थामाथि प्रश्न उठाउने अधिकार नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा धारण राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई इङ्कित गर्दै भने, ‘नेपालको राजनीतिमा जीवन समपर्ण गरेका व्यक्ति राष्ट्रपति भएकोमा पीडा भएको हो ? देश सञ्चालन गर्ने कुरामा पीडा भएको हो भने राजनीतिमा विकल्पहरु दिन चुनौती दिए । राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस् तर यो व्यवस्थामा प्रश्न गर्ने अधिकार तपाईँलाई छैन ।’
उनले निरंकुश शाशन देखिसकेको र भोगिसकेको भन्दै नेपाललाई अँध्यारो युगमा फर्काउने कोसिस नगर्न चेतावनी दिए ।
अध्यक्ष नेपालले प्रमुख प्रतिपक्ष एमालेलाई पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिए । सरकारलाई मात्र दोष दिएर उम्कन नमिल्ने भन्दै नेता नेपालले प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्ने बताए ।
उनले एमालेले सत्ताबाट हट्नुपर्ने पीडाले सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी काम गरेको भन्दै त्यसले जनतालाई असर गर्ने बताए । ‘सरकारको गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ । पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन, हामीले जनताको आवाजलाई प्रष्फुटित गर्नको लागि तीनवटै मोर्चामा लाग्नुपर्छ’, नेपालले भने ।
बैठकमा नेपालले संसद् अधिवेशनको अन्तिम दिन सदनले गरेका काम कारबाहीको समीक्षा हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नदेखेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘आज हामी संसद् अधिवेशनको अन्तिम दिनमा उपस्थित भएका छौँ । प्रधानमन्त्री ज्युलाई म देखिरहेको छैन । कहाँ जानुभएको छ थाहा भएन,’ ‘नेपालले भने, ‘तर सरकारको प्रधानमन्त्रीजीले पनि कुरा सुन्नुहोला भन्ने ठानेको थिएँ ।’
सदनको प्रभावकारिता कसरी बढाउन सकिन्छ, सरकारलाई कसरी जिम्मेवार बनाउन सकिन्छ ? संविधानको परिपालना गर्दै जनताको आकांक्षा कसरी पुरा गर्न सकिन्छ भनेर समीक्षा गर्ने अन्तिम दिनमै प्रधानमन्त्री अनुपस्थित रहेको असन्टुष्टि व्यक्त गरे ।
अध्यक्ष नेपालले समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? प्रश्न गरे ।
‘समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? यो देशमा मधेसीको एउटा छोरो राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? कि एकजना नेपालकी छोरी राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ?’, नेपालले भने ।
















सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया