रिगलद्वारा प्रहरी समक्ष आत्मसमर्पण

काठमाडौँ । आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गर्ने सर्वोच्चको आदेशपछि रिगल भनिने योगराज ढकालले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका हुन् ।
रिगलले हत्या गरेका नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले राष्ट्रपतिको निर्णय बदर गर्न आदेश दिएको हो ।
सर्वोच्चले उनलाई तत्काल पक्राउ गरेर पुन कारागार चलान गर्न पनि निर्देशन दिएको थियो ।
रिगललाई असोज ३ गते संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए। सो निर्णयको विरुद्धमा भारती सर्वोच्च अदालत पुगेकी थिइन्।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएको थियो ।
२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो। सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।
२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए।
















सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया