कोशीमा माओवादी र एकीकृत समाजवादीबाट एक/एक जनाले मन्त्रीले शपथ लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले केन्द्रको गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)का एक र नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री थपेर ५ सदस्यीय मन्त्रिपरिषद् बनाउन लागेका हुन् ।
मुख्यमन्त्री कार्की निकट स्रोतले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगू मन्त्री बन्ने सम्भावना रहेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले कांग्रेसबाट कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सहयोग गरेका रामकुमार खत्रीलाई मन्त्री बनाउन खोजेको स्रोतले बतायो ।
एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । आज थप गर्ने तयारी गरेका मन्त्रीको पनि विभाग तोक्ने विषयमा सहमति भएको छैन ।
कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । कांग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् ।
















टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया