भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि बाँकेका अस्पताल तयारी अवस्थामा

बाँके । जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइते भएकोको उपचारका लागि बाँकेमा रहेका अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार गम्भीर घाइतेको उपचारका लागि प्रशासनले बिहान ३ः२१ बजे बाटै तयारी थालेको छ ।
यस्तै भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकेको छ ।
यस्तै कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ,अन्य निजि अस्पतालहरुलाई पनि तयारी रहन भनिएको छ ।
प्रशासनका अनुसार भेरी अस्पताल , सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ , र लजिस्टिक किको प्रबन्ध मिलाइएको छ ।
हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तैनाथ गरिएको प्रशासनले जनाएको छ । साथै ब्लडको मौज्दात रहेको र अपुग भएमा प्रेस ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको जनाएको छ ।
















विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया