बिहीबार, चैत १९, २०८२

टी-२० विश्वकप छनोट क्रिकेट

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

मेरोन्यूज २०८० कार्तिक १९ गते १२:३५

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नट आउट ५२ रन बनाए। रोहित र गुल्सनबीच ७८ रनको साझेदारी भएको थियो ।

यस्तै कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

प्रतिक्रिया