तिहारमा सुनका असर्फी र चाँदीका सिक्का कतिमा हुँदैछ बिक्री ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको अवसर पारेर सुनका असर्फी र चाँदीका सिक्काहरु (मेडालियन) बिक्री गर्ने भएको छ । कार्तिक १९ देखि २४ गतेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बबरमहलमा असर्फी र सिक्काहरु खरिद गर्न सकिने बताइएको छ ।
राष्ट्र बैंकले प्रत्येक व्यक्तिलाई बढीमा एकरएक सेटमात्र असर्फी र सिक्काहरु बिक्री गर्ने जनाएको छ ।
सुनको असर्फी एक जनाले बढीमा १० ग्राम, ५ ग्राम र २.५ ग्रामका गरी एक सेट खरिद गर्न पाउनेछन् ।
यस्तै, चाँदीका सिक्का गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम, गजलक्ष्मी अंकित १० ग्राम गरी एक सेट खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने छ । १९ देखि २४ गतेसम्म विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म मात्रै असर्फी र सिक्का बिक्री गरिने छ ।
राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आइरहेको छ ।
यसवर्ष सुनको असर्फै १० ग्रामको १ लाख २ हजार ३६५ रुपैया, पाँच ग्रामको ५१ हजार १८३ रुपैया र २ दशमलव ५ ग्रामको २५ हजार ५९२ रुपैया कायम गरिएको बैंकले जनाएको छ ।
त्यस्तै चाँदीको सिक्कामा १० ग्रँम लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन सिक्काको १ हजार ६ सय र २५ ग्राम गाई अंकित सिक्काको ४ हजार रुपैया मूल्य तय गरिएको बैंकको मुद्रा ब्यवस्थापन विभाग टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया