रुकुम पश्चिममा खोजी र उद्धारको काम सकियो, राहत वितरण सुरु

काठमाडौँ । शुक्रबार मध्यरातको भूकम्पका कारण रुकुम पश्चिममा भएको क्षतिअन्तर्गत मानवीय खोजी र उद्धारको काम सकिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खोज र उद्धारको काम पूरा भएकाले अब राहत र पुनर्स्थापनाको काम अघि बढाएको जानकारी दिए । सबैको सक्रिय सहयोगमा भूकम्पका कारण हराएकाहरूको खोजी र उद्धारको काम सफलतापूर्वक पूरा भएको पन्तले बताए ।
‘सबैको साथ सहयोग र सक्रियताले भूकम्पबाट भत्किएका संरचनाभित्र पुरिएकाको खोजी र उद्धार सकेका छौँ । घाइतेको उपचारमा उचित प्रबन्ध मिलाइएको छ,’ पन्तले भने ।
हालसम्म भूकम्पका कारण रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । ३०९ जना घाइते भएकोमा १७४ जना डिस्चार्ज भइसकेका छन् । घाइतेहरूमध्ये २७ जनालाई थप उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा अहिले २६ जनाको उपचार भइरहेको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पले रुकुमपश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ । मानवीय क्षति भने आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भएको छ ।
प्रजिअ पन्तले भूकम्प गएको रातिदेखि नै स्थानीय सरकार, सुरक्षाकर्मी र प्रशासनको समन्वयका खोजी र उद्धारको काम भएको बताएका छन् । मध्यरातको घटना भएकाले खोजी तथा उद्धारमा कठिनाइ भए पनि भूकम्पलगत्तैबाट प्रभावित क्षेत्रमा जिल्लास्थित सुरक्षा निकाय, चिकित्सकसहितको स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिक दलहरू र स्थानीयको सक्रिय सहभागितामा मानवीय खोज तथा उद्धार गरिएको उनले बताए । उनले भने, ‘खोजी र उद्धार सकेर हामी राहत वितरणको चरणमा पुगेका छौँ ।’
खोज तथा उद्धारको कार्यपश्चात् भूकम्प प्रभावित र पीडितलाई राहत वितरण गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट काम गर्न लागेको छ । आइतबारदेखि नै अति प्रभावितहरूका लागि राहत वितरण सुरु भइसकेको प्रशासनले जनाएको छ ।
विपद् व्यवस्थापन राहत सामग्रीहरू स्थानीय तह र वडामा हस्तान्तरण गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको समेत प्रजिअ पन्तले जानकारी दिए ।
















Pakistan reiterates call for full implementation of UNSC Resolution 47
भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
Third International Buddhist Conference to be held in Lumbini
क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया