चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङ नेपाल आउँदै
मेरोन्यूज
२०८० कार्तिक २२ गते ८:४१

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् ।
नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार यहाँ आउन लागेका हुन् ।
नेपाल बसाइको क्रममा वाङले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची छ । उनले आज दिउँसो २ बजे उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
चिनियाँ भ्रमण टोलीसँग प्रधानमन्त्रीको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने बताइएकाे छ ।
वाङले बिहिबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन् । नेपाल भ्रमणको क्रममा उनी पोखरा पनि जानेछन् ।
सम्बन्धित
















टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया