अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ ।
इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो ।
२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा बुधबार अदालतले यो मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिएको छ ।
मुद्दा नेपाल सरकारले एक पटक मुद्दा नचलाउने निर्णय गरिसकेको थियो । तर, सर्वोच्च अदालतले सरकारको निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो ।
बुधबार इजलासले मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेस गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
श्रेस्तेदार ढोडारीले भने, ‘जाहेरी दरखास्त यस्तो थियो, बयान यस्तो, नेपाल सरकारको निर्णय यो थियो सर्वोच्चको आदेश यस्तो थियो भनेर अदालतले नै टिपोट दिने हो, यसले बेञ्चलाई नै सहजीकरण हुन्छ ।’
मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया