अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ ।
इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो ।
२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा बुधबार अदालतले यो मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिएको छ ।
मुद्दा नेपाल सरकारले एक पटक मुद्दा नचलाउने निर्णय गरिसकेको थियो । तर, सर्वोच्च अदालतले सरकारको निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो ।
बुधबार इजलासले मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेस गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
श्रेस्तेदार ढोडारीले भने, ‘जाहेरी दरखास्त यस्तो थियो, बयान यस्तो, नेपाल सरकारको निर्णय यो थियो सर्वोच्चको आदेश यस्तो थियो भनेर अदालतले नै टिपोट दिने हो, यसले बेञ्चलाई नै सहजीकरण हुन्छ ।’
मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
















‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया