सामुहिक बलात्कार गर्ने कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना
मेरोन्यूज
२०८० कार्तिक २२ गते १९:५८

विराटनगर। सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई प्रशिक्षकलाई जिल्ला अदालत मोरङले कैद र जरिवानाको फैसला गरेको छ ।
सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही ८ वर्ष कैद सजाय र ३ लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको हो ।
न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले यसअघि दुवै जनालाई दोषी ठहर गरेको थियो । बुधबार कैद सुनाएको हो ।
मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जबरजस्ती करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको जानकारी दिए ।
दुवै जनालाई जनही ३ लाख जरिवानासमेत भएको सुवेदीले जानकारी दिए ।
न्यायाधीश दाहालकै इजलासले उनीहरुलाई गत बुधबार कसूदार ठहर गरेको थियो । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक थिए ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया