शौर्य सिमेन्टले शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता आयोजना गर्ने

जनकपुर । शौर्य सिमेन्ट इण्डष्ट्रिज लि.ले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०“ ल्याएको छ । यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला सहभागि हुन सक्ने छन् ।
प्रतियोगिता ३ चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइटर फेसबुक पेजको QR Code Scan गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी Whatsapp नं. ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्नेछन् । यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिकार न।पा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेने छ ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भास (Canvas) मा कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उधोग भित्र नै संचालन हुने छ ।
अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्धोगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । उनीहरुले बनाएका चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।
यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई रु ७५,०००, दोस्रो स्थान प्राप्त गर्नेलाई रु ५०,०००, तेस्रो स्थान प्राप्त गर्नेलाई रु २५,०००।– का साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई रु। ५,०००।– उपलब्ध गराईने छ ।
यस प्रतियोगितामा सहभागि हुनको लागि कम्पनीको आधिकारिक वेभसाईट र फेसबुक पेजमा जानु भई उल्लेखित QR Code को Scan गरी फारम भर्नुपर्ने शौर्य सिमेन्टले जनाएको छ ।














लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया