प्रधानमन्त्रीले भने- विज्ञान प्रविधिको विकासमा सहयोग गर्न उत्सुक छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न आफु उत्सुक रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को ४६ औं प्राज्ञसभाको बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् ।
नाष्ट स्थापनाको ४० वर्षमा जम्माजम्मी ४ अरबको बजेटबाट गरिएका विज्ञान, प्रबिधि र प्रवर्धनात्मक कार्यहरू प्रशंसनीय भएको भन्दै प्रधानमन्त्रीले जति काम भएका छन् राम्रो भएको तर त्यक्तिले मात्र अब प्रर्याप्त नहुने बताएका हुन् ।
राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्द्रित हुन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राज्ञिकहरूको सुझाव र सल्लाह एवं बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी विधेयकअनुसार देशको रूपान्तरका लागि हातेमालो गर्दै काम गर्दै जान निर्देशित गर्दछु । देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक रहेको पनि यहाँहरूलाई जानकारी गराउँछु ।’
नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात गर्दै राष्ट्रको ध्यान यसतर्फ आकषिर्त गर्न नाष्टले गरेको सत्प्रयासको प्रधानमन्त्री प्रचण्डले खुलरे प्रशंसा गरे ।
‘विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्धन गर्दै जे-जति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया