बिहीबार, चैत १९, २०८२

एन्फा अध्यक्षविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु

मेरोन्यूज २०८० कार्तिक २३ गते १३:१२

हेटौंडा । अखिल नेपाल फुटबल संघ ९एन्फा०को हेटौडामा जारी विशेष साधारण सभामा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एन्फाका बहुमत सदस्यले गत भदौ २५ गते वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।

तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । एन्फाको कूल १०७ सदस्य ९जिल्ला, क्लब, संघ० मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।
यस आधारमा अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।

साधारणसभा हेटौडामा प्रहरीको विशेष सुरक्षा घेराभित्र चलिरहेको छ ।

प्रतिक्रिया