श्रीलंकालाई ५ विकेटले हराएपछि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना बढ्यो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध न्युजिल्याण्डले ५ विकेटको जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा ५ विकेटको जित निकालेको न्युजिल्याण्ड शीर्ष चारमा छ । श्रीलंका पुछारबाट दोस्रो स्थानमा छ ।
अन्तिम खेलमा पाकिस्तान र अफगानिस्तानले राम्रो रनरेटमा जित निकालेमा न्युजिल्याण्ड सेमिफाइनलमा पुग्न असफल हुनेछ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले इंग्ल्याण्ड र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । ती खेलको नतिजाका आधारमा सेमिफाइनल पुग्ने चौथो टिमको टुंगो लाग्ने छ ।
बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा न्युजिल्याण्डले २३.२ ओभरमा ५ विकेट गुमाएर १७२ रनको लक्ष्य पुरा गरेको थियो । ओपनर डेभन कोनवेले ४५, रचिन रविन्द्रले ४२ र डेरिल मिचेलले ४३ रन बनाए ।
न्युजिल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिलो इनिङमा श्रीलंकाका कुसल परेराले २८ बलमा ५१ रनको अर्धशतकीय पारी खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए भने रचिन रविन्द्रका अलावा मिचेल सान्टनर र लोकी फर्गुसनले २–२ विकेट लिए । उल्लेखनीय छ कि श्रीलंकाले अन्तिम दुई विकेटको लागि २३.१ ओभर ब्याटिङ गरेर सबैलाई चकित पारेको थियो।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया