तिहारका लागि कति बिक्यो सुन–चाँदीका सिक्का ?
मेरोन्यूज
२०८० कार्तिक २४ गते ८:३५

काठमाडौं । तिहार लक्षित गरेर राष्ट्र बैंकको टक्सार विभागले गत आइतबारदेखि ५ दिनसम्म बिक्रिका लागि खुला गरेको सुन–चाँदीका सिक्का ४३ हजार थान बिक्रि गरेको छ ।
पाँच दिनको अवधिमा उक्त परिणाममा सुन र चाँदीका सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी सुन–चाँदीका सिक्का बिक्री गरेको थियो ।
आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ । सुनचाँदीको प्रचलित बजार मूल्यमा निर्माण लागत थप गरी राष्ट्र बैंकले सिक्का बिक्री गर्दै आएको छ ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया