३ महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशत बढ्यो, चालु खाता र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि

काठमाडौं । तीन महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेको छ । चालु खाता र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको उल्लेख छ ।
यस अवधिमा अमेरिकी डलरको सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशतमात्र रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
यो विदेशी मुद्रा सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै प्रतिवेदनमा असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको उल्लेख छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।
राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।
असोजमा आयातमा भएको वृद्धिका बाबजुत रेमिट्यान्स अहिलेसममकै उच्च पुग्दा चालु खाता र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स प्राप्त भएको र यो कुनै एक महिनामा भित्रिएको अहिलेसम्मकै उच्च भएको राष्ट्र बैंकले जनाएको छ ।
असोजमा अहिलेसमम्कै उच्च रेमिट्यान्स आउँदा चालु खाता बचत तीन महिनामै ५९ अर्ब ९ करोडले पुगेको छ ।
गत असारमा ३३ महिनापछि बचतमा गएका चालु खाता लगातार तेस्रो महिना पनि बचतमा देखिएको हो । भदौमा २३ अर्ब ५० करोडले बचतमा रहेको चालु खाता असोमा उल्लेख्य रुपमा वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २७९।८० को पहिलो तिन महिनामा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो ।
आर्थिक वर्ष २०७८।७९ मा एक वर्षमा नै २ खर्ब ५५ अर्बले शोधनान्तर घाटा भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिलो बनाउनुको साथै नेपाल सरकारले केही वस्तुको आयात नै प्रतिबन्ध लगाएको थियो ।
तर, गत आर्थिक वर्षमा नै शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचत भई बाह्य क्षेत्रमा ‘बाउन्स ब्याक’ देखिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामै शोधनान्तर बचत १ खर्ब नजिक पुगेको छ । असोज मसान्तमा शोधनान्तर बचत ९९ अर्ब ७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
















BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया